Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीले प्रतिनिधि सभाका दुईजना सांसदलाई गर्‍यो निष्कासन

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुईजना सांसदलाई निष्कासन गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर र विनिता सिंहलाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो । मुर्मुर मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन् ।

बैठकले दलित कलस्टरबाट सांसद बनेकी सोनु मुर्मुरको ठाउँमा कपिलवस्तुकी दुर्गावत्ती धोवीलाई संसद् बनाउन सिफारिस गर्ने निर्णय गरेको छ भने आदिवासी जनजाति कलस्टरबाट सांसद बनेकी विनीताको ठाउँमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ ।

जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत पार्टीबाट कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको बताइएको छ । उनीहरूले सांसद भएर अनुशासन उल्लंघन गरेको जनमतको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077