Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : फाइनल प्रवेशका लागि मुम्बई र गुजरात भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ ।

अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ पौने ८ बजे शुरु हुनेछ । यो खेलको विजेता टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।

यो गुजरात टाइटन्सको घरेलु मैदान हो। साबिक विजेता गुजरात पहिलो प्ले अफमा चेन्नई सुपुरकिंगसँग पराजित भएको थियो ।

मुम्बईले पहिलो क्वालिफायरमा लखनउ सुपरजायनटलाई ८१ रनले पराजित गरेको थियो । आजको विजेताले उपाधिका लागि आइतबार चेन्नईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077