Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ए डिभिजन लिग फुटबल : सातदोबाटोलाई हराउँदै खुमलटार विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

खुमलटारको जितमा मेसुके ओलुमोउले गोल गरे । खुमलटारले २० खेलमा २१ अङ्क जोडेको छ ।

त्यस्तै समान खेल खेलको सातदोबाटोको २९ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077