Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा शाहलाई रघुजीको सुझाव - राजनीति गर्ने भए पार्टी खोल्नु, चुनाव लडेर आउनुस्

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

मंगलवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले यस्तो चेतावनी दिएका हुन् ।

उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए ।

उनले राजाले शान्तिपूर्ण रूपले गद्दी छाडेको र दलहरूले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्व राष्ट्राध्यक्षको रूपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे ।

उनले राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताए । राजनीति गर्न मन छ भने खोल्नु उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077