Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाकी सांसद कार्कीले भनिन् - मच्छिन्द्रनाथको जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गराइयोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले ललितपुर कला संस्कृतिको धरोहर भए पनि राज्यको आँखा नपरेको बताकी छिन् ।

संसदको नीति तथा कार्यक्रमको विषयमा बोल्दै सांसद कार्कीलले यस्तो बताएकी हुन् ।

कार्कीले भनिन्, ‘ललितपुर सांस्कृतिक धरोहर भन्ने गरिए पनि राज्यको आँखा परेनछ । २०७२ सालको भूकम्पपछि पुनर्निर्माणको काम सकियो भनेर पुनर्निर्माण प्राधिकरण विघटन भइसक्यो । बुङमतीको रातो मछिन्द्रनाथ, खोकनाको रुद्रायणी मन्दिर ८ वर्षसम्म पुनर्निर्माण हुन सकेन । यो मन्दिरको पुनर्निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गर्न माग गर्दछु ।’

उनले मच्छिन्द्रनाथको जात्रा, बाह्रमासे जात्रा र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077