Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हिमपहिरोमा बेपत्ता भएका २ जनाको शव फेला

काठमाडौं । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका २ जनाको सब फेला परेको छ ।

हिम पहिरोमा परि बेपत्ता भएकाहरूमध्ये दुई जनाको शव फेला परेको हो । आइतबार माथिबाट आएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए ।

आज बिहान उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सु र्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा गएको हिउँ पहिरोमा परी सोही गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षिया रामकोइला देवी बोहराको हिजो नै शव फेला परेको थियो ।

यस्तै घटनामा सुर्मा गाउँपालिका ३ बाबजी बोहरा र जय पृथ्वी नगरपालिका ११ घर भएका आकाश धामी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077