Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसले लगायो प्रतिबन्ध

एजेन्सी । रुसले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा सहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिशोधमा ओबामा सहित पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्स लगाएत अमेरिकी नागरिकलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

रुसी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तीमा वासिङ्टनको हरेक कदमको जवाफ मस्कोले दिने कुराको ज्ञात होस भनी उल्लेख गरिएको छ ।

विगत १५ महिनादेखि रुस र युक्रेनबीच युद्ध जारी रहँदा अमेरिका र पश्चिमा राष्ट्रहरुले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077