Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गिलको शतकमा गुजरातको जित, मुम्बई प्लेअफमा पुग्दा बेंग्लोर बाहिरियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेको छ ।

यो हारसँगै बेङ्गलोर प्रतियोगिताबाट बाहिरिएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ ।

१ सय ९८ रनको लक्ष्य पाएको गुजरातले ५ बल बाँकी छँदै लक्ष्य भेट्टायो । वर्षाका कारण हिजो आइतबार राति ढिलो गरी सुरु भएको खेलमा बेङ्गलोरले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो ।

योसँगै मुम्बईमा पुग्नै चार वटै टिमको टुङ्गो लागेको छ । अब चेन्नईमा हुने क्वालिफायर १ मा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्नेछन् भने इलिमिनेटरमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077