Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना गम्भिर घाइते

चितवन । चितवनको भरतपुर महानगरपालिका-१२ टिकौलीमा आज ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-११ का २० वर्षीय सागर तामाङ रहेका छन्।

गम्भीर घाइते भएका तामाङको आज दिउँसो १२ बजे जिल्ला अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइते भएका स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका-११ कै २० वर्षीय दिशान्त ढकालको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

ट्रक सहित चालक तनहुँ जिल्ला घुमाउने नगरपालिका– ४ बस्ने ५० वर्षीय ढकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077