Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : राजस्थानसँग पन्जाब ४ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

गएराति हिमाञ्चल प्रदेशको धरमशालामा भएको खेलमा १८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । जितसँगै राजस्थानको १४ खेलमा १४ अंक भएको छ ।

राजस्थान तालिकाको पाँचौ स्थानमा छ । समान खेलमा १२ अंक रहेको पन्जाब आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077