Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोहलीको शतकमा बैंग्लोर विजयी, प्लेअफ सम्भावना बलियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ ।

जितसँगै बेङ्लोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितका लागि १ सय ८७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले १९ ओभर २ बलमा २ विकेट गुमाउँदै भेट्टायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

बेङ्लोर १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको छ । समान १३ खेलमा ८ अङ्क रहेको हैदराबाद पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077