Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सले भैरहवाबाट मलेसिया उडान सुरु गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।

नेपाल एयरलाइन्सले २९ जेठ १२ जुन २०२३बाट ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो ।

पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको नेपाल एयरलाइन्सले जनाएको छ । निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ ।

निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ । पछि बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न सटल बस चलाउने भएको छ । यसपछि निगमको जहाजबाट काठमाडौंदेखि क्वालालाम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं र भैरहवासम्मको टिकट लिई सेवा लिन सक्ने समेत निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077