काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।
यसरी नेप्से बढ्दा २४ दिन यताकै उच्च कारोबार भएको छ । आज नेप्सेमा एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो ।
जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमले आठ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
Leave a Reply