Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशसभाको बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठक अपराह्न २ बजे बस्नेछ ।

बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077