Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : दिल्लीसँग पन्जाव पराजित, प्लेअफ सम्भावना कठिन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्ग्सलाई १५ रनले पराजित गरेको छ ।

गएराति धर्मशालामा भएको खेलमा २ सय १४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन मात्रै बनायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो ।

यो हारसँगै पञ्जाबको प्लेअफ सम्भावना अङ्क गणितीय मात्रै बाँकी रहेको छ । १३ खेलमा १२ अङ्क रहेको पञ्जाब तालिकाको आठौँ र समान खेलमा १० अङ्क रहेको दिल्ली नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077