Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिकापुर घटनाका दुई प्रतिवादी सिताराम र गंगारामले पाए सफाइ

काठमाडौं । कैलालीको टीकापुर घटनाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाई पाएका छन् ।

आज (मंगलबार) न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले उनीहरुलाई सफाई दिएको हो ।

सर्वोच्च अदालतले अन्य मुद्दाका कारणबाट उनीहरुलाई थुनामा राख्न नपर्ने भए थुनामुक्त गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतमा लेखि पठाउन आदेश दिएको छ ।

यसअघि उनीहरूलाई कैलाली जिल्ला अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो भने त्यसलाई दिपायल उच्च अदालतले सदर गरेको थियो ।

त्यस्तै, सर्वोच्च अदालतले उच्च अदालत दिपालयको फैसला संसोधन गर्दै हत्याकाण्डमा दोषी ठहर भएका लक्ष्मण थारुको जेल सजाय घटाएर ३ वर्षमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077