Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई सर्वोच्चको आदेश - अयोग्य लडाकुलाई २ लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले अयोग्य लडाकूलाई २ लाख रुपैयाँ उपलब्ध गराउने सरकारी निर्णयमा अल्पकालीन रोक लगाएको छ ।

न्यायाधीश कुमार चुडालको इजलासले अयोग्य लडाकूलाई पैसा बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणनले रिट हालेका थिए । उक्त रिटको प्रारम्भिक सुनवाइ आज भएकोमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य लडाकूलाई जनही २-२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सोहीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश भएको हो ।

अन्तरिम आदेश दिने विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077