Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह ६ गते किन आउँदै छन् धनगढी ?

कैलाली । पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमको धनगढीमा आउने भएका छन् ।

देश तथा बिदेशको भ्रमणको दौरानमा रहेका पूर्व राजा शाह जेठ ६ गते धनगढीमा आउने भएका हुन् । धनगढीमा पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ ।

पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ। पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए ।

पूर्व राजाको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने जोशीले बताए। नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077