Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नौ महिनामा नेपाल टेलिकमको नाफा ५ अर्ब रुपैयाँभन्दा बढी

    नौ महिनामा नेपाल टेलिकमको नाफा ५ अर्ब रुपैयाँभन्दा बढी

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 708
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

    उक्त वित्तीय विवरण अनुसार कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।



    गत आर्थिक वर्षको चैत मसान्तमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रूपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा कम्पनीको नाफा ५ अर्ब ४१ करोड १९ लाख ७५ हजार रूपैयाँ रहेको छ ।



    यो अवधिमा कम्पनीको अन्य आम्दानी ५ अर्ब ८६ करोड १९ लाख १८ हजार रूपैयाँ रहेको छ ।

    यस्तै चैत मसान्तसम्म कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख ४८ हजार रूपैयाँ ग्राहकलाई सेवा प्रवाह गरेर आम्दानी गरेको छ ।

    प्रतिशेयर आम्दानी ४० रूपैयाँ ९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५१९ रूपैयाँ ३० पैसा रहेको छ । गत आवको सोही अवधिमा यो क्रमशः ४० रूपैयाँ २६ पैसा र ५११ रूपैयाँ ७७ पैसा रहेको टेलिकमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार