Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सार छलेर ल्याएको एडिडास जुत्तासहित ट्रक बरामद

मकवानपुर । सशस्त्र प्रहरीले ठुलो परिमाणमा भन्सार छलीको जुत्ता बरामद गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ६ करोड भन्दा धेरैको जुत्ता बरामद गरिएको हो ।

एडिडास र सुपरस्टार जुत्ता बरामद गरिएको छ । अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा मुल्य लेखिएको प्रज्ञापनपत्र सहित ३ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शङ्कास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले सो जुत्ता बरामद गरेको हो ।

नियन्त्रणमा लिएको जुत्ता र तीन वटै ट्रक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077