Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापाको अपील - भ्रष्टाचारबिरुद्ध आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार विरुद्धको अभियानमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

कांग्रेस महामन्त्री थापाले शनिबार राजधानीमा हुने भ्रष्टाचार विरुद्धका कार्यक्रमहरुप्रति ऐक्यवद्धता जनाउँदै जो जहाँ छौं, त्यहीँबाट आवाज उठाउन आह्वान गरेका हुन् ।

शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भ्रष्टाचार विरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीँबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं।’

नागरिकस्तरबाट हुने जनदबाबमुलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्ने थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077