Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाभियोग दर्ताले मात्र निलम्बित नहुने

काठमाडौं । सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभाले प्रक्रिया सुरु नगरी प्रस्ताव दर्ताकै भरमा निलम्बन हुने संविधानको समेत परिकल्पना नभएको सर्वोच्चको व्याख्या छ ।

अदालतले सभामा प्रस्ताव पेस भई छानबिन समितिमा पठाएपछि मात्र प्रस्तावको प्रक्रिया सुरु हुने व्याख्या गरेको छ ।

२०७४ मा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीको महाभियोग प्रस्तावउपर अधिवक्ता सुनीलरञ्जन सिंहले दायर गरेको रिटको अन्तिम फैसला सार्वजनिक गर्दै अदालतले प्रस्तावकै भरमा निलम्बित भएको पत्राचार गर्ने पदाधिकारीलाई विभागीय कारवाहीको विषय हुनसक्ने समेत फैसलामा उल्लेख गरेको छ ।

कायममुकायमा प्रधान न्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सो फैसला गरेको हो ।

बहुमतको रायमा सहमति जनाउँदै न्यायाधीश भट्टराईले भने आफ्नो फरक रायसमेत लेखेका छन् । उक्त रायमा भट्टराईले तीन सांसदले पनि महाभियोगको विषय उठान गर्ने व्यवस्थामा प्रश्न गरेका छन् ।

फैसलामा कार्कीमाथिको महाभियोग प्रस्ताव प्रतिशोधपूर्ण रहेको उल्लेख छ । प्रस्तावको व्यहोरा, इजलासमा सम्मिलित अन्य न्यायाधीशबारेको मौनतालगायतले प्रतिशोध देखिएको इजलासको ठहर छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077