Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेतृ आरजु भन्छिन् - नेपालमा महिलामैत्री वातावरण छैन, यो भन्दैमा डराउनु पनि हुँदैन

मकवानपुर । कांग्रेस नेतृ आरजु राणाले नेपालमा महिलामैत्री वातावरण नभएको बताएकी छिन् ।

हेटौंडामा बिहीबार प्रदेश नीति तथा योजना आयोगले गरेको कार्यक्रममा राणाले यस्तो बताएकी हुन् । उनले कुनै पनि ठाउँमा महिलामैत्री वातावरण नभएको बताइन् ।

‘काहीँ पनि महिलामैत्री वातावरण छैन। चाहे त्यो राजनीतिमा होस्, चाहे त्यो सामाजिक क्षेत्रमा होस् जहाँ पनि । यो भन्दैमा महिलाहरु डराएर आफूलाई लुकाएर राख्ने होइन,’ उनले भनिन् ।

प्रदेश सरकारले युवा लक्षित कार्यक्रम अन्तर्गत बालिका, किशोरी र महिला लक्षित कार्यक्रम बनाउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077