Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : दिल्लीविरुद्ध चेन्नाई २७ रनले विजयी, प्लेअफ पुग्ने सम्भावना बलियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

बुधबार एमए चिदम्बरम रंगशालामा भएको खेलमा चेन्नाईले दिल्लीलाई २७ रनले पराजित गरेको हो ।

चेन्नाईले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४० रनमात्र जोड्न सक्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो ।

यस जितपछि चेन्नाईले प्लेअफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ । १२ खेलबाट १५ अंक जोडेको चेन्नाई तालिकाको दोस्रो स्थानमा छ । ११ खेलबाट आठ अंक जोडेको दिल्ली तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077