Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्तिले रामेश्वर चौधरीलाई संसदीय दलको नेताबाट हटायो

काठमाडौं । सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ ।

बुधबार संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई नयाँ जिम्मेवारी दिएको हो ।

सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेश सभा सचिवालयमा दिइएको छ ।

त्यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077