Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीमामा सशस्त्रको कडाई : २४ घण्टामा अढाई करोड बराबरको सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट अढाइ करोड बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार २४ घण्टामा अढाइ करोड बराबरका भन्सार छलेर चोरी पैठरीका सामान नियन्त्रणमा लिइएको हो ।

सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजे सम्म देशभरिको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीका विभिन्न युनिटले २ करोड ५६ लाख ८४ हजार ४०२ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

जसमा कोशी प्रदेशका ईलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित युनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

यसैगरी मधेस प्रदेश अन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित युनिटले २ करोड ३६ लाख २८ हजार ८१२ रुपैयाँ बराबरको बरामद गर्‍यो।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलबस्तु र बर्दिया जिल्लास्थित युनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ। सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधिमा ४ लाख ९२ हजार ९३५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

बरामद सामानमा भन्सार छलि र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत छन्। बरामद सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077