Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आरजुलाई तोसिमाको प्रश्न‍ - भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले भ्रष्टाचारमा लिङ्ग नजोडिने बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद कार्कीले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवातर्फ इंगित गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ? भन्दै प्रश्न गरेकी हुन्।

सांसद कार्कीले भनिन्, ‘यो सदन देश निर्माणको छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउन प्रहसन गर्ने स्थल हो ? प्रहरीले पक्राउ पुर्जी जारी गर्दा पनि जोगाउन खोजिएको छ । काण्ड गरिरहने, जोगाइरहने र देश डुबाइरहने । अन्तर्राष्ट्रिय जगतमा दलाल स्थापित गर्ने ? अनि के मुखले अनुदान माग्न जाने ?’

उनले भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन माग गरिन् ।सांसद कार्कीले लिङ्ग मात्रै नभई चिनारी फेरेर भ्रष्टाचार भएको बताईन् ।

नेपाली कांग्रेसकी सांसद आरजु राणालाई लक्षित गर्दै कार्कीले आजको बैठकमा यस्तो बताएकी हुन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा आरजुले एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य नभएको भन्दै गुनासो पोखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077