Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माइतीघर मण्डला र न्युरोड क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट महानगरभित्रको तार व्यवस्थापन सुरू गरेको छ ।

सोमबार बिहानदेखि माइतीघर मण्डला र न्यूरोडबाट तार व्यवस्थापनको काम सुरू भएको हो ।

आइतबार महानगरमा साझेदार बीच भएको छलफलबाट सोमबारबाट काम थाल्ने निर्णय गरिएको थियो ।

तार व्यवस्थापन गर्दा नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि बसेर तार व्यवस्थापन भइरहेको छ । सोमबार उनीहरु तार व्यवस्थापनमा लागेका हुन् ।

यस्तै तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणले १३ वटा रूट तय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077