Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : बेङ्लोरमाथि दिल्लीको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई सात विकेटले हराएको छ ।

गएराति दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य घरेलु टिमले १६.४ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

जितसँगै १० खेलबाट आठ अंक जोडेको दिल्ली तालिकाको आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको बेङ्लोर तालिकाको पाचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077