Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमरेशको दाबी - देउवा नेतृत्वमा रहेसम्म कांग्रेस सुध्रिने सम्भावना छैन

वीरगन्ज । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सक्किन लागेको कांग्रेसमा फर्किने चाहना नरहेको बताएका छन् ।

वीरगन्जमा शनिबार पत्रकारसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले देउवा नेतृत्वमा रहेसम्म कांग्रेस सुध्रिने सम्भावना नरहेको बताए ।

उनले अब पनि नसुध्रिए कांग्रेस र कम्युनिस्ट पार्टीहरू देशबाट सक्किने दाबी गरे । उनले त्यसको संकेत उपनिर्वाचनमा जनताले देखाइसकेको बताए । ठूला दलहरूले गरेको राजनीतिक भ्रष्टचारकै कारण मुलुकको अर्थतन्त्र धरासायी भएको उनको आरोप छ ।

यस्तै नेपाली कांग्रेस पार्टी अहिले तीनवटा भइसकेको भन्दै उनले अहिले नेपाली कांग्रेस भाउजु कांग्रेस, ज्योतिषी कांग्रेस र मिडिया कांग्रेस भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077