Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • रूखको हाँगा खसेर लाग्दा दाउरा खोज्न हिँडेका डगौराको मृत्यु

    रूखको हाँगा खसेर लाग्दा दाउरा खोज्न हिँडेका डगौराको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 627
    SHARES

    फाइल तस्विर

    महेन्द्रनगर । ‘रुखको हाँगा खसेर लाग्दा’ कञ्चनपुरका एकजनाको शनिबार मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो ।

    डगौरा गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका थिए । रुखको हाँगा खसेर उनको टाउकोमा चोट लागेको थियो ।



    उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।



    घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ ।

    “अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन,” प्रवक्ता डाँगीले भने । शव महाकाली अस्पतालमा राखिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार