Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शरणार्थी प्रकरणमा विश्वप्रकाश भन्छन् – कांग्रेस-एमाले भनेर छुट पाइँदैन, अनुसन्धान गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी खडा गरेर अमेरिका पठाउने ठगीमा कांग्रेस एमालेका जो लागेको भए पनि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले यस्तो बताएका हुन् ।

उनले कानूनले काम गर्दा राजनीतिले बोल्न नमिल्ने तर गहिरो अनुसन्धानमा सघाउनुपर्ने बताए ।

‘निर्दोष कारागारमा नपरुन दोषी नउम्कुन तर कसैले पनि मेरो दलका भन्नुभएन । भ्रष्टाचारमा हदम्याद राखिनु हुन्न । भुटानी शरणार्थीको मात्रै होइन ७ सालदेखिको फाइल खोलौं । दलका नेता पर्दा दलले संरक्षण गर्नु हुँदैन । कानुनले स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ’ महामन्त्री शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077