Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको परमादेश – तरकारी र फलफूलको विषादी परीक्षण गरी प्रतिवेदन पेस गर्नू

काठमाडौं । सर्वोच्च अदालतले २ महिनाभित्र भारत लगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेश गर्न परमादेश गरेको छ ।

न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले बिहीवार परमादेश गरेको हो । अदालतले विषादी परीक्षणका विषयमा ४ बुँदे निर्देशन समेत दिएको छ ।

‘नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी परीक्षण भन्सार विन्दुमा नै गरेर मात्र पैठारी गर्ने सम्बन्धी मिति २०७६र३र२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू,’ आदेशमा भनिएको छ, ‘त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू ।’

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि आदेश गरेको हो ।

आदेशमा २०७६ असार २ को निर्णयबमोजिम पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के–कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो भनी सरकारलाई प्रश्न गरिएको छ ।

चार बुँदे निर्देशन

क) नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी – परीक्षण भन्सार विन्दुमा नै गरेर मात्र पैठारी गर्ने सम्बन्धी मिति २०७६।३।२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरुमा प्रयोगशाला स्थापना गर्ने विषय,

ख) त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुन सक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउने विषय,

ग) देशभित्र उत्पादन हुने तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीको सीमा निर्धारण र प्रयोगसम्बन्धी कार्याविधि तथा मापदण्ड तय गर्ने विषय,

घ) खण्ड (ग) बमोजिम निर्धारित मापदण्डको पालना भए नभएको परीक्षण तथा अनुगमन गर्ने विषय ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077