Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरानबाट २२७ केजी गाँजासहित २ जना पक्राउ

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी-२ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरीले आठ बोरामा राखिएको २२७ किलो गाँजासहित नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका-१३ स्थित शिवधारा चेकप्वाइन्टबाट प्रदेश १-०२-००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँचका क्रममा ८ गाँजा बरामद भएको सशस्त्र प्रहरी बल कोशीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिसहित लागुऔषध गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077