Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने प्रयास भयो : आरजु राणा

काठमाडौं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा सांसद डा.आरजु राणा देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने कोशिश गरिएको बताएकी छन् ।

सामाजिक संञ्जाल फेसबुक मार्फत सांसद आरजुले आफ्नो विरुद्धमा चरित्रहत्या गर्ने गरी निराधार रुपमा दुष्प्रचार भैरहेको बताएकी हुन् ।

आरजुले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले निराधार र कपोकल्पित आरोप लगाएकोमा आफ्नो ध्यानाकार्षण भएको बताएकी छिन् ।

सांसद आरजुले लेखेकी छिन्, 'पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउँदै दुष्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार छैन । नियोजीत रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्यममा अन्तर्वार्ता दिँदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ।'

सांसद आरजुले आफ्नो विरुद्ध नियोजीत रुपमा चरित्रहत्या गर्ने गरी केही व्यक्तिले संचार माध्यममा अन्तर्वार्ता दिएको बताईन् ।

उनले हरेक जसो अन्तरवार्तामा केही व्यक्तिहरु नियोजीत रुपमै मेरो विरुद्ध व्यक्तिगत गालीगलैज गर्ने गरेको समेत बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077