Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सैन्य कारबाहीमा फिलिपिन्समा ७ विद्रोहीको मृत्यु

एजेन्सी । फिलिपिन्सको सेनाले मध्य फिलिपिन्समा आइतबार गरेको आक्रमणमा सात संदिग्ध वामपन्थी विद्रोहीलाई मारेको छ ।

सेनाका क्याप्टेन जेफरसन मारियानोले बताएअनुसार गाउँलेहरूले त्यहाँ विद्रोहीहरूको आएको खबर दिएपछि सेनाले उत्तरी समर प्रान्तमा न्यु पिपुल्स आर्मी (एनपीए) लुकेको ठाउँमा आक्रमण गरेको थियो।

उनीहरूबाट सेनाले गोला बारुद बरामद गरेको छ। एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारविरुद्ध लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गरेका छन्।

सैन्य तथ्याङ्क अनुसार एनपीएमा करिब २,००० सदस्यहरू छन् ।(

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077