Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनियो अरुण

संखुवासभा । निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेको छ।

सङ्खुवासभाको मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत् आयोजनाको डाइभर्सन टनेल पहिरोले पुरेको हो ।

अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम ठप्प भएको छ ।

निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि अहिले आयोजना पक्षले ड्यामसाइडबाट नदीको पानी फ्लो गराउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

नदी थुनिएको ठाउँ खतराबाट बाहिर रहेको प्रहरीले जनाएको छ । नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077