Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : हैदराबादसँग दिल्ली ९ रनले पराजित

काठमाडौं । सनराईजर्स हैदराबादले ईन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो ।

हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।​

आठ खेलमा तीन जित र पाँच हारका साथ हैदरावाद लिगको आठौं स्थानमा उक्लिएको छ। आठ खेलमा छ हार व्यहोरेको दिल्ली पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077