Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुुधार, आइतबार डिस्चार्ज हुने सम्भावना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलि डिस्चार्ज हुने सम्भावना रहेको जनाएको हो ।

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उहाँको उपचार भइराखेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन् ।’’

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077