Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालतले भन्यो -पोखरा महानगरपालिका १८ मा पुनः मतगणना गर्नू

काठमाडौं । सर्वोच्च अदालतले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्न आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले वडाध्यक्ष पदको मतगणनासम्बन्धी उच्च अदालत पोखराको यसअघिको आदेशलाई सदर गरेको हो।

उक्त वडाको वडाध्यक्षमा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर, थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनः मतगणनाको माग राखेर गत जेठ १८ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

जसमा सुनुवाइ गर्दै उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गतेका दिन पुनः गणना गर्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध तिमिल्सिनाले सर्वोच्चमा रिट दायर गरेका थिए । जसको प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले सुनुवाई गर्दै उच्च अदालत पोखराबाट भएको फैसला कार्यान्वयन गर्न आदेश दिएको हो ।

सो वडामा कांग्रेसका शिवप्रसाद तिमल्निाले १ हजार ६४३ मत पाएर विजयी घोषित हुँदा एमालेका थापाले १ हजार ६४० मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077