Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सार छलेर ल्याइएको कपडासहित ४ मोटरसाइकल बरामद

सुनसरी । सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको लत्ताकपडा नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले को १२प ९०४, को६प ७७२१, प्रदेश१–०२–०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाइकलसहित अवैध रूपमा भारतबाट ल्याएको सामान बरामद गरेको हो ।

सुनसरीको हरिनगरा गाउँपालिकाको मरियाखोला क्षेत्रबाट भन्सार छलेर ल्याइएको चारवटा मोटरसाइकलसहित १० लाख ७८ हजार ३ सय २ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले जनाएको छ ।

बरामद गरिएको अवैध सामान र मोटरसाइकल भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077