काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा पुगेको छ ।
मंगलबार १३ उपसुचकहरु मध्ये म्युचुअल फण्ढ बाहेका सबै कम्पनीहरुमा उकालो लागेको छ ।
बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ६४ वटा कम्पनीका २७ लाख पाँच सय कित्ता शेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको सात करोड ९१ हजार ५५७ बराबरको एक लाख ६८ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।
Leave a Reply