Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा २ अंकको सुधार, कारोबार रकम ७५ करोड रुपैयाँमा सीमित

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक उकालो लागेको छ ।

नेप्से परिसूचक २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा कायम भएको छ ।

सोमबार १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा ओरालो लागेको छ भने बाँकि सबैं कम्पनीहरुमा सामान्य वृद्धि भएको छ ।

नेप्सेमा सामान्य सुधार भएको दिन कारोबार भने उल्लेख्य मात्रामा घटेको छ ।

आज दुई सय ७० वटा कम्पनीका २२ लाख ६० हजार कित्ता शेयर ७५ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

कारोबारको आधारमा कालिञ्चोक दर्शन शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ८ करोड ८१ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077