Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजरंग गार्मेन्ट उद्योगमा आगलागी, एक जना बेपत्ता

काठमाडौं । बजरंग गार्मेन्ट उद्योगमा आगलागी हुँदा एक जना बेपत्ता भएका छन् ।

कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा सवारी चालकको रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएका हुन् ।

गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे आगलागी भएको थियो । आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएका छन् ।

आगलागी के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको र आगलागीको क्षतिसमेत सङ्कलन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077