Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा अहिले डरलाग्दो प्रतिगामी हावा बगिरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले भने, ‘झट्ट हेर्दा त नदेखिन सक्छ, तर वैचारिक ढंगले अग्रगामी सोचविरुद्ध यहाँ पनि विस्तारै यहाँ पनि छिर्दैछ । जनतामा असन्तुष्टि देखाउन सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । ’

भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु राम्रो संकेत नरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै अध्यक्ष भट्टराईले विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताए।

लामिछानेले रातारात जादु गर्छुजस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरुको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077