Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविलक्षित पद्मा अर्यालको टिप्पणी - खहरे खोला डरलाग्दो आउँछ, छिनभरमै सुकेर जान्छ

चितवन । नेकपा एमालेकी सचिव पद्मा अर्यालले धमिलो पानीमा ढुंगा हानेर नेता बन्न नसकिने बताएकी छन् ।

चितवन २ मा चुनावी सभालाई सम्बोधन गर्दै एमाले सचिव अर्यालले यस्तो बताएकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै सचिव अर्यालले खहरे खोला डरलाग्दो गरी आए पनि क्षणभरमै सुकेर जाने बताईन् ।

सचिव अर्यालले भनिन्, ‘मैले कुरा सुनेकी छु, गल्ती गरेको हो भने माफी माग्ने ठाउँ कहाँ हो भनेर। म दुई तीन वटा मात्र सम्झाइदिन्छु। पहिलो माफी अमेरिकामा जहाँ उहाँकी श्रीमती र बच्चाहरु रोइरहेका छन्, त्यहाँ गएर माफी माग्नु। अर्को देशको कानुन मिच्ने, च्यात्ने गर्नुभएको छ। त्यहाँ माफी माग्नु पर्छ।’

उनले रविलाई लक्षित गर्दै अमेरिकामा गएर श्रीमती र बच्चाहरुसँग माफी माग्न समेत आग्रह गरिन्। लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077