Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय राष्ट्रपति मुर्मुले गरिन् राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना

काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेललाई समकक्षी मुर्मुले स्वास्थ्यलाभको कामना गर्दै शुभकाना सन्देश पठाएकी हुन् ।

छातीको तल्लो भागमा समस्या आएपछि थप उपचारका लागि दिल्ली गएका राष्ट्रपति पौडेललाई बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्य लाभको कामना गरेका थिए ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077