Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बञ्चरेडाँडामा फोहोर फाल्न नदिने ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाको चेतावनी

    बञ्चरेडाँडामा फोहोर फाल्न नदिने ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 774
    SHARES

    काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले बञ्चरेडाँडा र सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी दिएको छ ।

    ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गत वर्ष बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै फोहोर फाल्न नदिने चेतावनी दिएको हो ।



    संयुक्त प्रेस विज्ञप्तिमा ६ बुँदे माग १५ दिन भित्रमा पुरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर फाल्न नदिने उल्लेख छ । दुई पालिकाको प्रतिनिधिहरू बुधबार बैठक बसेर १५ दिन भित्र पुरा नभएमा संघर्ष गर्न बाध्य हुने र सो अवस्था सिर्जना नगर्न सरोकारवालालाई अनुरोध गरेको छ ।



    १८ वर्षदेखि काठमाडौं महानगरपालिकालगायत १८ वटा नगरपालिकाहरूको फोहोर विसर्जन हुँदै आएको छ । फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिवाट विज्ञ टोली गठन गरि न्यून प्रभाव पर्ने गरि फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिब्बडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने समेत माग राखेका छन् ।

    दुई पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरि बञ्चरेडाँडाबाट २ किमि क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने प्रभावितलाई मुआब्जाको प्रकृया तुरुन्त अगाडि बढाउनुपर्ने उनीहरुको माग छ ।

    ककनी गाउँपालिका, धुनिवेशी नगरपालिका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नको लागि नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजन गर्नको लागि माग गर्न आग्रह गरेका छन् ।

    मागहरु १५ दिन भित्रमा पुरा नभएमा दुवै स्थानीय तहको कार्यपालिका बैठकले निर्णय गरि फोहोरको ढुवानी बन्द गराइने चेतावनी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार