Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल एम्स अस्पतालको आईसीयूमा भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालको आईसीयूमा भर्ना भएका छन् ।

उच्च पदस्थको भर्ना लिँदा नै आईसीयूमा राखेर उपचार सुरु गर्ने अस्पतालको प्रोटोकलअनुसार उनलाई आईसीयूमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आईसीयू विज्ञ डा पुनीत मिश्रको टोलीले उपचार गरिरहेको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ ।

उनलाई देखिएको संक्रमणको समस्या लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि निको नभएर थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा भारत लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077