Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनविरुद्धको मुद्दा आजपनि 'हेर्न नभ्याइने' सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र साह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजको पेसीपनि स्थगित भएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको उक्त रिट न्यायाधीशले बेन्च बस्न नभ्याउँदा सुनुवाइ स्थगित भएको हो ।

रिटमा मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको भएपनि ’हेर्न नभ्याइने’ हुँदै स्थगित भएको थियो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका  थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077